Saturday, February 16, 2019

आमा

आमा यो शीतलहरमा तिम्रो
न्यानो स्पर्श कल्पना मात्रै गर्दा पनि
केहि राहत हुन्छ
जब बिरामी पर्न थाल्छु
तिम्रो हातले बनाएको तितो ज्वानो पानी
अहिले यो रातो प्लेटमा भरिएको थुक्पा
र पिरो झोल म:म ले निको बनाउनै सक्दैन
तिमिले जहिले मिठो बनाउछु भनेर पकाउने
त्यो चिल्लो तरकारीले कहिले ग्याष्ट्रिक भएन
यहाँ तेल रहित Sandwich र paasta खादा पनि
अहिले "vitamin आमा" को कमि ले होला
ज्वोरो आउनु र पेट दुख्नु मेरो कर्म जस्तो भइसक्यो
आमा तिम्रो हातको Power लाई
यो चिसो मौसममा न्यानो हुन खोज्दा खोज्दै
यो हिटरको watt ले कहिले उछिन्न सकेन।
बिहानै Vaccum को आवाज बाट बिउझने मेरा अाँखा अचेल alarm को आवाज सुन्नै मान्दैन
मरिच र कागती को स्वाद चाखेको यो जिब्रोले
electric kettle मा बनेको nescafe
जति पिउदा पनि तिर्सना मेटिदैन।
आमा तिम्रो एकैछिनको अनुपस्थितमा मेरो Routine यसरी बिग्रन्छ कि मानौ
ठुलो Richter को भुइचालो पछि
वातावरणको व्रतचित्र जस्तै गरि
आमा तिमीलाई के थाहा
हाम्रै लागि हतार हतार बल्ने
त्यो चुलोबाट निस्कने धुवाको स्वाद
कहिले चाख्नै नदिएर होला
अचेल मैले तिम्रो दुख महसुस गर्न
हुक्का संगै चुरोट तान्न थालेकी छु।
आमा तिमिले मलाइ कहिल्यै काम गर्नै लगाइनौ
त्यसैले थकाइ पछिको गहिरो निन्द्राको
कल्पना गर्नै जानिन र त आमा
अचेल Drug र Sleeping Tablet पछि
को सपानामा तिमिलाइ देख्छु र सोच्छु
तिमी सार्है भाग्यमानी
तिम्रो सन्तान यथार्थमा
तिम्रै दु:ख महसुस गर्न खोजिरहेछ
निरन्तर ।

No comments:

Post a Comment

एकान्त

एकान्त राम्रो मेरो लागी आफ्नै विचारको प्रतिद्वन्दी स्वेच्छाले बन्न त पाउछु त्यो भिडको महत्त्व के जहाँ लडाइँन्छ्न आफ्नैलाई कहिले उठ्नै न...