Wednesday, March 6, 2019

एकान्त

एकान्त राम्रो मेरो लागी
आफ्नै विचारको प्रतिद्वन्दी
स्वेच्छाले बन्न त पाउछु
त्यो भिडको महत्त्व के
जहाँ लडाइँन्छ्न आफ्नैलाई
कहिले उठ्नै नसक्ने गरि
सम्मेलनको अर्थ के
जहाँ स्वास प्रस्वास
पनि सुन्लान कि कसैले
जसरी फेर्नुपर्छ भने।
चुपचाप सुन्नु नै छ भने
आफै संगको लडाइँ
अनि त्यसपछिको
हार जित आफ्नै राम्रो
रोदन र हर्ष पनि आफ्नै राम्रो
सल्लाह दिने को कमि
कहाँ होला र यहाँ
न छ कमि गाली पछि
ताली बजाउनेको
सैया मा अर्धमुर्छित हुँदा
नदेखेझै गर्ने उनै हुन्छन्
जो कहिले नखुम्चिने
निधारमा रङ्ग्याउने तातीमा
मलिन मुहार पारी
सबैभन्दा अघि देखिन्छन्
अनि कहलिन्छ्न प्रीएसि....
नयन दुई,
नजरिया हजारौं
सोचाइको त के कुरा भयो र
शून्य बौद्धिकताको
कदर गर्नेहरुकै
राज चल्छ बजारमा
कमसेकम यो एकान्त
सन्तुष्ट छ वर्तमानसँग
आशावादि छ भविष्यसँग
न गुनासो छ अतितका
कुनै संवेगसँग
कोसौ टाढा छ
यी सब चरीत्र सँग
र त इमान्दार छ।






Sunday, March 3, 2019

फार्पा

"हैन मलाइ यो कोठामै बसेर दिक्क लाग्यो,त्यही फेसबुक स्क्रोल गर्यो,अरुको माइ स्टोरी हेर्यो अरुको लाइफ सँग आफ्नो लाइफ दाज्यो,म अब दिज्युको सट्टामा जान्छु उहाँले सरुवा गराउने रे" यो सुनेर उहाँले अलिक आश्चर्य मान्दै सोध्नुभयो छोरीको के हुन्छ दुबै व्यस्त भयौ भने,फेरि तिमीलाइ त्यहाँ घुलमिल हुन त्यति सजिलो हुदैन।मैले उहाँलाई प्रश्न सोध्नु औपचारिकता मात्रै थियो,मैले निर्णय गरिसकेकि थिए म जागीर खान्छु भनेर।बिहे भएको सात वर्षपछि नानी जन्मेको भएर "अनमोल"नाम राखेका थियौ असाध्यै ज्ञानी मेरो छोरी।माइत को नजिकै हाम्रो डेरा थियो त्यसैले छोरी छोडेर जागीर खाने हिम्मत आएको थियो।आठ आना जग्गामा साढे दुई तलाको घर बनाउदा रिन पनि थियो, मैले के-के सोचे खोइ छोरी छोडनु भन्दा उहाँलाई छोडेर जान सार्है गाह्रो भएको थियो।हाम्रो डेरा देखि चार घन्टा टाढा फार्पा भन्ने सानो बस्ती थियो तीन कक्षा सम्मको त्यहाको स्कुल त्यो स्कुल को प्रधानाध्यापक म भए।पहिलो पटकमै यो पोस्ट मेरो लागि चुनौती र मौका को बिचमा मलाइ नै मुल्यांकन गर्न उभिएको जस्तो लाग्दै थियो।मलाई मुसा देखि सार्है डर लाग्ने, मुसाको मासु त्यो गाउँमा हरेक हप्ता हरेकको घरमा पाक्थ्यो।रक्सी पारेपछि सबैभन्दा पहिले बच्चालाई खुवाउने गर्थे।सदरमुकाम देखि फार्पाको दुरि थोरै भएपनि विकासमा धेरै नै पछि थियो।न वाइफाइ न बत्ती न मोटर गुड्ने बाटो,फोन गर्न पनि अलि माथी आउनु पर्थ्यो।यो सबैसंग जसरी भएपनि म बानी पर्नै थियोे।समाज पिच्छे भाषा फरक हुनु कुनै नौलो कुरा थिएन।शुक्रबार आउनै हुदैन थ्यो, छोरी र उहाँलाई भेट्न हतार हुन्थ्यो।मेरो पाइला घडीको सेकेन्ड सुइ जसरी एक टक हिड्थे।जङ्गलमा देखिने एैसेलु,किमु ले पनि मेरो पाइला अडाउन सक्दैन थ्यो।उहाँ संग रोमान्टिक हुन खोज्दा जहिले "जागिर छोडेर आउन" भन्नुहुन्थ्यो म आफ्नो स्पर्शले उहाँलाई आफ्नो कब्जामा बन्द गर्थे।बर्षाको महिनामा खोलामा बाढी आउथ्यो,मलाइ खोला तारेर उहाँ फर्कनु हुन्थ्यो।नानिको आवाज मेरो मन मस्तिष्कमा गुन्जिरहन्थ्यो।यिनै सम्झनामा म पाँच दिन कटाउथे।समय बित्दै गयो,मेरो तलबले पनि रिन तिर्न केही राहत भयो होला, सोचे भन्दा छिटो रिन तिर्न सकियो।गाउँलेले मलाई मास्टर्नि भनेर सम्बोधन गर्थे,"कहिले काहीँ तिम्रो मास्टरलाई ल्याने गर के" भन्थे मलाइ गिज्याए जस्तो न संकेत दिए जस्तो पनि लाग्थ्यो बेला बेला।तर उहाँले दिएको बिश्वास सजिलै टुट्न मुस्किल थिएन।गाउँलेको कुरा सुने जसरी उहाँ अर्को दिन सर्प्राइज दिन आउदा मेरो आँखा खुशीले रसाएका थिए अनि उहाँ फर्कदा उहाँका आशु मेरो त्यहाँको दया लाग्दो बसाईले बेस्सरी झरेको थिए रे।त्यो गाउँमा झरी पर्दा असाध्यै जुका लाग्थ्यो।गाउँलेहरुले त अझ जङ्गलमा बाघ देखेको कुरा गर्थे म त्यहीँ सुन्थे र बिर्सिदिन्थे।साउनको मसान्तमा स्कुल पछि म सदरमुकाम तिर लागे जहाँ मेरो जिन्दगी अडिएको थियो,करिब दुई घन्टा हिडेपछी ओरालो सुरु भएसङगै,हुरि पानी असिना पर्न सुरु गर्यो ती असिनाका दाना मेरो टाउकोमा यसरी बजारियो कि मानौ ती मेरा लागि दानवरुपि स्वरुप बनी मलाइ डस्दै छ्न।छाता खोल्न सक्ने स्थिति थिएन,न फर्कने अाट आयो न अघि बढ्ने।रुखको ओत लाग्दा पनि असिनाले चुट्न छाेडेन,दुखाइ बाट निस्केका एक एक थोपा आसु पानी संगै पखालिदै थियो।दुबै हात टाउकोमा राखेर चिच्याउदै थिए,तिनै असिना औंलामाथी हानिएर छाला निस्किएको पत्तै भएन।एकछिन पछि असिना त रोकियो तर मेरो टाउको यसरी दुख्यो कि आफैलाइ काटाै जस्तो लाग्न थाल्यो।आफैले लाज छोप्न ओढेको दाेपट्टाले टाउकाे बाधे।मेरा पाइला थोरै पनि पर सर्न सकेनन र त्यही त्यर्सिए ।जुकाले मेरो पाइतलाइमा एकछ्त्र राज गरिरहेकै थिए तर दुखाइ को अगाडि कस्को के लाग्न सक्ने थियो र।मोबाइल पानीले भिजेको थियो सकि नसकी पुछे नेट्वोर्क थिएन।मैले त्यो जङ्गलको बिचमा विकल्प खोज्न पनि सकिन।मलाई ती हावाका झोक्काले छोरी,उहाँ र माइतीको यादमा डुबायो।समय बित्दै थियो रात नजिक हुँदै थियो।दुर दुर सम्म मानव बस्ती देखिदैन थियो।त्यो दिन त न भरिया देखिए न बटुवा।मनमा अनेकौ सवाल उब्जदै थिए। टाटेपाटे गरेको कालो टाटाे धेरै भएको,मैले आँखा तन्काएर हेरे त्यतिन्जेल बाघ र मेरो दुरि घटिसकेको थियो।जिवनको अन्तिम घडीमा भावना सुन्य हुँदो रैछ मन।बाघ म माथी झम्टियो...."आआआआ....मा" भनेर आँखा झल्यास्स ब्युझिए उहाँ मेरो पाइतलामा बिस्तारै नुन छर्कदै जुका निकाल्दै हुनुहुन्थ्यो।

Saturday, February 16, 2019

आमा

आमा यो शीतलहरमा तिम्रो
न्यानो स्पर्श कल्पना मात्रै गर्दा पनि
केहि राहत हुन्छ
जब बिरामी पर्न थाल्छु
तिम्रो हातले बनाएको तितो ज्वानो पानी
अहिले यो रातो प्लेटमा भरिएको थुक्पा
र पिरो झोल म:म ले निको बनाउनै सक्दैन
तिमिले जहिले मिठो बनाउछु भनेर पकाउने
त्यो चिल्लो तरकारीले कहिले ग्याष्ट्रिक भएन
यहाँ तेल रहित Sandwich र paasta खादा पनि
अहिले "vitamin आमा" को कमि ले होला
ज्वोरो आउनु र पेट दुख्नु मेरो कर्म जस्तो भइसक्यो
आमा तिम्रो हातको Power लाई
यो चिसो मौसममा न्यानो हुन खोज्दा खोज्दै
यो हिटरको watt ले कहिले उछिन्न सकेन।
बिहानै Vaccum को आवाज बाट बिउझने मेरा अाँखा अचेल alarm को आवाज सुन्नै मान्दैन
मरिच र कागती को स्वाद चाखेको यो जिब्रोले
electric kettle मा बनेको nescafe
जति पिउदा पनि तिर्सना मेटिदैन।
आमा तिम्रो एकैछिनको अनुपस्थितमा मेरो Routine यसरी बिग्रन्छ कि मानौ
ठुलो Richter को भुइचालो पछि
वातावरणको व्रतचित्र जस्तै गरि
आमा तिमीलाई के थाहा
हाम्रै लागि हतार हतार बल्ने
त्यो चुलोबाट निस्कने धुवाको स्वाद
कहिले चाख्नै नदिएर होला
अचेल मैले तिम्रो दुख महसुस गर्न
हुक्का संगै चुरोट तान्न थालेकी छु।
आमा तिमिले मलाइ कहिल्यै काम गर्नै लगाइनौ
त्यसैले थकाइ पछिको गहिरो निन्द्राको
कल्पना गर्नै जानिन र त आमा
अचेल Drug र Sleeping Tablet पछि
को सपानामा तिमिलाइ देख्छु र सोच्छु
तिमी सार्है भाग्यमानी
तिम्रो सन्तान यथार्थमा
तिम्रै दु:ख महसुस गर्न खोजिरहेछ
निरन्तर ।

Tuesday, June 5, 2018

समवेदनामा मानव अधिकार

जन्म जन्मान्तर पश्चात
A,B र क,ख को डीका तान्ने बेला देखि
आज यहाँ सम्मको याद दर्दनाक छ।
गला अबरुद्ध नहोस
मेरो कामना आफैसँग
अधरका माम्सपेसिहरु जबर्जस्ती तन्किरहेछ्न
एउटा जिवन्त संवेदना
निष्कपट मनका छालहरुमा
सम्झनाका कुहिरोभित्र
हराएका अतितका संवेगसँग।
मानव बन्नु अगावै खोजिने
कठाेर मनले सम्झौता गरीन्छ
मानव अधिकारसँग
कहिले बलात्कृत बनेर
त कहिले विदुवा बनेर
हराएको इतिहासको चाङहरूमा
त्रिसुलिको छालले हुत्याएको
सुकिलो बगरजस्तै
अनर्थ भावका असङ्ख्य तस्बिहरु
नाकाबन्दिमा सिलिन्डर र पेट्रोलका लामहरु बनी
रक्सोल हुँदै त्रिसुलीको
वालुवामा कोरिन आतुर छ्न।
बिहानिको मिरमिरे थेग्न नपाउदै
मानव बन्नै बिर्सिएर
मानव अधिकारकै राकाहरु सल्काइन्छ
र पनि जागराम छ्न काला रातहरु
अनि अस्मिता जोगाउन धौ धौ परेका
अबोध असाहाय छोरी,
टिलपिल गरेका आँसु रोक्न बाध्य
निर्दोष,चुपचाप बस्नुपरेका छोराहरु
करौती बोकेर निडर उभिन खोज्दैछ्न
अनि आक्रान्त मनका सोचहरु
कहिले दाजु भाइको सपना
रातो बाकसमा बन्धित भएर आउदा
मानव अधिकार जलेको मात्रै हुदैन
एउटा आमाको काख रित्तिएको हुन्छ
सबैको आशा अनि खुशी
आँशु र डिप्रेशनमा परिणत हुँदा
हरेकको पाइताला कापिरहन्छ।
त्यसैले अब मानव अधिकार आँसु चुहाउनुको
अन्तर्भावहरुमा सोधिने छैनन।
अट्टाहासका रौनकहरु रन्किनेछ्न
कतै काला रातहरुमा
समवेदनामा सजिनेछ्न मनहरु
दुखान्त इतिहासँग नभेट्नेगरी
अब सधै सधै सम्झौता गरिनेछन्
थकित र हरूवा संवेगसँग
अनि म र हाम्रो अधिकार सँग
मानव अधिकारसँग।

एकान्त

एकान्त राम्रो मेरो लागी आफ्नै विचारको प्रतिद्वन्दी स्वेच्छाले बन्न त पाउछु त्यो भिडको महत्त्व के जहाँ लडाइँन्छ्न आफ्नैलाई कहिले उठ्नै न...